काँग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा दायर रिट ‘हेर्न नभ्याइने’मा

  भदौ २१, २०७८

काठमाडौं, भदौ २० : नेपाली काँग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले १४ औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्नुभएको रिट आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा आइतबार उक्त रिटको पेशी तोकिएको थियो । बागमती प्रदेशसभा सदस्य वैद्यले दायर गर्नुभएको उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

कोभिड महामारीको समयमा महाधिवेशन गर्दा कोभिड सङक्रमणको सम्भावना उच्च रहेकोले कोभिड नियन्त्रणमा आएपछि मात्र अधिवेशन गर्न माग गर्र्दै गत बिहीबार वैद्यले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया