दुबई, भदौ १७ : यमनको हुथी विद्रोहीले देशको तेल सम्पन्न उत्तरप्रदेशको अन्तिम सरकारी गढ मारिबमाथि आक्रमणको नयाँ प्रयास गरेपछि भएका झडपमा कम्तीमा ६५ हुथी लडाकू मारिएका सैनिक अधिकारीले बिहीबार बताएका छन् ।
इरानको निकटमानिने विद्रोहीले यस रणनीतिक शहरको दक्षिणतिर सरकारी समर्थक अधिकारीहरूमथि आक्रमण गरेका थिए । उक्त झडपमा साउदी अरब नेतृत्वको गठबन्धनले हवाई हमलाहरू गर्दा दर्जनौं लडाकुहरूको मृत्यु भएपनि उनीहरूको मारिबलाई नियन्त्रणमा लिने प्रयास विफल भने पारिनसकिएको जनाइएको छ । यस क्षेत्रलाई नियन्त्रण गर्ने हुथीको पहिलो प्रमुख आक्रमणको कारण जूनदेखि भएको मारिब केन्द्रित आक्रमणमा पछिल्ला केही दिनमा दुवै पक्षका गरी १११ जना लडाकूको मृत्यु भएको बताइएको छ ।
एक सरकारी सैनिक अधिकारीले एएफपीलाई भने, “झडपमा २२ जना सरकार समर्थित सैनिक मारिए र अन्य ५० जना घाइते भए भने गत ४८ घण्टामा ४३ हुथी विद्रोही पनि मारिएका छन् ।” यो तथ्याङ्कmाई अन्य सैनिक तथा चिकित्सा स्रोतहरूले पनि पुष्टि गरेका छन् । देशको दक्षिणमा रहेको यमनको सबैभन्दा ठूलो एयरबेसमा भएको हमलाका कारण डिसेम्बरदेखिको सबैभन्दा घातक घटनामा आइतबार कम्तीमा ३० जना सरकारी समर्थक लडाकूको मृत्यु भएपछि लडाइँको पुनरागमन भएको हो ।
यमनका लागि संयुक्त राष्ट्रसंघका नयाँ विशेष दूत, स्वीडिश कूटनीतिज्ञ हान्स ग्रुण्डबर्गले आफ्नो जिम्मेवारी पूरा गर्नुभन्दा केही दिनअघि भएको झडप हो । साउदी नेतृत्वको सैन्य गठबन्धनको समर्थन भएको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र सन् २०१४ मा सत्ताच्युत गरिएका हुथीहरूले एक सम्झौतापछि युद्धविराम गर्न सहमत भएका थिए । हुथीले यमनको राजधानी सानामाथि कब्जा गरेपछि साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले यमनमा हुथीविरूद्ध संयुक्त राष्ट्रसंघद्वारा समर्थन प्राप्त संयुक्त सरकारलाई सहयोग गर्दै आएको छ ।
फेब्रुअरीमा हुथीहरूले मारिबलाई लडाइँमा लैजाने आफ्नो प्रयासलाई झनै चर्काएपछि दुवै पक्षका सयौंको ज्यान गएको छ । तेल युक्त उत्तरको नियन्त्रणले शान्ति वार्तामा हुथीको सम्झौता स्थितिलाई अझ बलियो बनाउने छ । संयुक्त राष्ट्र संघ र वासिङ्टनले युद्धको अन्त्यका लागि दबाब दिइरहेका बेला हुथीहरूले कुनै पनि युद्धविराम वा वार्ता अघि सन् २०१६ देखि साउदी नाकाबन्दीअन्तर्गत बन्द गरिएको साना विमानस्थल पुनः खोल्न माग गरेका छन् ।
विद्रोही र सरकार समर्थक सेनाबीच झडप ७० जनाको मृत्यु
यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् । ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् । यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।






