तालिबानको ‘ऐतिहासिक जित’को अलकायदाले प्रशंसा ग-यो

  भदौ १६, २०७८

काठमाडौं, भदौ १६ : अमेरिकी सेनाले काबुल विमानस्थल छोडेको केही घण्टापछि अलकायदाका शीर्ष नेताले तालिबानलाई बधाई दिनुभएको छ । अफगानिस्तानमा तालिबानको जित भएको भन्दै अलकायदाका नेताले एक वक्तब्य जारी गरी बधाई दिएको हो ।

“अमेरिकालाई हराउने सर्वशक्तिमानको हामी प्रशंसा गर्छौं,” अल कायदाले जारी गरेको वक्तब्यमा उल्लेख छ । तालिबानले गत् मङ्गलबार अमेरिकामाथि ऐतिहासिक जित भएको घोषणा गरेको थियो । १५ अगष्टमै राष्ट्रपति निवास कब्जा गरेको तालिबानले काबुल विमानस्थलबाट अमेरिकाको बहिर्गमनपछि मात्रै आफ्नो जितको घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया