लागू औषध मुद्दामा भारतीय अभिनेता कोहली गिरफ्तार

  भदौ १३, २०७८

काठमाडौं, भदौ १३ : लागू औषधको मुद्दामा भारतको लागू औषध नियन्त्रण ब्यूरो(एनसीबी)ले शनिबार अभिनेता अरमान कोहलीलाई पक्राउ गरेको छ । एनसीबीका अनुसार अरमान कोहलीलाई आइतबार अदालतमा उपस्थित गराइँदैछ ।

अभिनेता कोहलीलाई लागू औषध ऐनको परिच्छेद २१(ए), २७(ए), २८, २९, ३० र ३५ बमोजिम कारबाही अगाडि बढाइएको छ । एनसीबीले शनिबार नै कोहलीको अन्धेरीस्थित घरमा खानतलासी गरेको थियो । खानतलासीको क्रममा थोरै परिमाणमा कोकिन बरामद गरेको थियो । लागू औषध बरामदपछि उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।

कोहलीसँगै एनसीबीले लागू औषध आपूर्तिकत्र्ता अजय राजु सिंहलाई मुम्बईको हाजी अलिस्थित वर्ली क्षेत्रबाट २५ ग्राम लागू औषधसहित नियन्त्रणमा लिएको छ । सिंहसँग सोधपुछको क्रममा अरमान कोहलीको नाम आएपछि प्रहरीले कोहलीको घरमा खानतलासी गरेको थियो ।

तपाईको प्रतिक्रिया