देउवा र पौडेलबीच बालुवाटारमा छलफल जारी

  भदौ ११, २०७८

काठमाडौं, भदौ ११ : प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता जारी छ ।

प्रधानमन्त्री देउवा निवास बालुवाटारमा वरिष्ठ नेता पौडेलबीच आसन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा छलफल भइरहेको पौडेलको स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा काँग्रेसको क्रियाशील सदस्यता विवादलगायत भदौ १८ गतेदेखि सुरु हुने वडा तहको अधिवेशनलगायत केन्द्रीय महाधिवेशनको सन्दर्भमा छलफल भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया