‘‘लाईफ इन एलए’’को छायाङ्कन सम्पन्न

  भदौ १०, २०७८

तनहुँ, भदौ १० : कोरोना भाइरसको कहरले फिल्म निर्माण कार्य ठप्प हुँदा फिल्मकर्मीहरु कामविहीन भइरहेका बेला ‘‘लाईफ इन एलए’’ चलचित्र निर्माण कार्यले केही फिल्मकर्मीलाई रोजगार प्रदान गरेको छ ।

एक करोड २० लाख रुपियाँ लगानी गरी चलचित्र निर्माण अघि बढाएको निर्माता तथा कलाकार ब्यास बिस्सुले बताउनुभयो । फिल्मी क्षेत्रको लागि संसारकै प्रख्यात अमेरिकाको हलिउड रहेको लस एन्जलस र नेपाल गरी दुई स्थानबाट चलचित्र छायाङ्कन छ ।

सो चलचित्रमा ३० जना फिल्मकर्मीले काम गरेका छन् । चार महिना अघि सुन्दर नगरी पोखरा, तनहुँका रमणीय स्थानहरु र अमेरिकाको विभिन्न शहरमा छायाङ्कन शुरु गरी हालै पूरा भएर अहिले सम्पादनको काम भइरहेको निर्माता बिस्सुले जानकारी दिनुभयो ।

चलचित्रमा रहेको ‘‘पागल प्रेमी’’ बोलको गीतको प्रताप दास र कविता श्रेष्ठको आवाजको रहेको गीत सोमबार काठमाडौंबाट सार्वजानिक गरिने बिसु बताउनुहुन्छ । यसैगरी ‘‘उदाएर आफैं तिमी’’ बोलको प्रविशा अधिकारी र प्रताप दासको आवाजमा रहेको गीत पनि चाँडै नै सार्वजनिक गरिने निर्माता बिस्सुले बताउनुभयो ।

नेपालीको ठूलो चाड दशैं र तिहारको समयमा दर्शक माझ ल्याउन लगिएको जानकारी निर्माण पक्षले दिएको छ । यस चलचित्रमा अमेरिकामा रहेका फिल्म क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको सङ्लग्नतामा निर्माण गरिएको छ । त्यस्तै करिब एकसय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी ब्यास बिस्सु नायक रहेको यस चलचित्रमा नायिकामा शिल्पा मास्के, अमेरिकाको न्यूजर्सी निवासी अकेशा बिष्टले अभिनय गरेका छन् । चलचित्रको कार्यकारी निर्मातामा संसार सुवेदी हुनुहुन्छ ।

हलिउडमै चलचित्र अध्ययन गरिरहनु भएका सुर्य श्रेष्ठले चलचित्रको निर्देशन गर्नुभएको छ । अमेरिकामै फिल्म क्षेत्रमा ग्र्याजुयट राजेन्द्र ठकुरी पनि यस चलचित्रको निर्माता हुनुहुन्छ । ब्यास इन्टरटेन्टमेन्टको लगानी रहेको यस चलचित्रमा क्यामेरामा हलिवुडमा धेरै फिल्ममा छायाङ्कन गरेका कृष वारेन हुनुहुन्छ ।

चलचित्रका गीतहरुलाई अमेरिकाको हलिवुड क्षेत्रमा लामो समयदेखि काम गरिरहेका जसवन्त श्रेठले निर्देशन गर्नुभएको ब्यास इन्टरटेन्टमेन्टले जनाएको छ । चलचित्र क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई मौका र प्रेरणा दिनका निमित्त साथै नेपाली चलचित्रलाई भोलिका दिनमा अमेरिकामा सहयोग गर्ने वातावरण सृजनाको गर्न चलचित्र निर्माण गरिएको ब्यास इन्टरटेन्टमेन्टका प्रमुख बिस्सुको भनाइ छ ।

छायाङ्कन ७० प्रतिशत अमेरिकामा र ३० प्रतिशत नेपालमा गरिएको निर्माता बिस्सु बताउनुहुन्छ । विदेशमा रहेका नेपालीले प्रतिष्ठित खालको काम गर्न पनि अब्बल छन् र जुन देशमा रहेमा मातृभूमि नेपाललाई बिर्सन हुँदैन शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मद्दत गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न फिल्म निर्माण गरिएको निर्माता बिस्सु बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया