काबुल विमानस्थल बाहिर सात अफगानको मृत्यु

  भदौ ०६, २०७८

काठमाडौं, भदौ ६ : अफगानिस्तानको काबुल विमानस्थल बाहिर सात जना अफगानको मृत्यु भएको छ । तालिबानको त्रासले देश छोडन विमानस्थलसम्म पुगेका अफगानको भागदौडमा मृत्यु भएको बताइएको छ ।

बेलायतको रक्षा मन्त्रालयका अनुसार विमानस्थल बाहिर र भित्र दुबैतिर सतहको परिस्थिति चुनौतीपूर्ण देखिएको छ । रक्षा मन्त्रालयका प्रवक्ताले एक वक्तब्य जारी गरी परिस्थिति नियन्त्रणमा लिन र ब्यवस्थित बनाउन आफूहरु लागिपरेको उल्लेख गर्नुभएको छ ।

हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा चार हजार पाँच सय अमेरिकी सेना परिचालन गरिएको छ । अमेरिकी सेनाले अफगानिस्तानमा तालिबानका लक्षित र आफ्नो कूटनीतिज्ञलाई फिर्ता ल्याउने कार्यका लागि सुरक्षा दिइरहेको छ ।

तालिबानले भने विमानस्थलको वरिपरि घेरा हालेर भित्र प्रबेश गर्ने ब्यक्तिको परीक्षण गर्दै कागजात नभएकालाई फिर्ता पठाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया