माओवादी केन्द्र स्थायी कमिटीको बैठक : विभाग प्रमुखहरु ताेकिए, अधिवेशन र निर्वाचन निर्देशिका तयार

  भदौ ०६, २०७८

काठमाडौं, भदौ ६ : नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोकेको छ । विशेषगरी प्रदेश तह लगायत विभिन्न पदाधिकारीहरु, जिल्ला ईन्चार्जहरू र यससँग सम्बन्धित केन्द्रीय समितिका जिम्मेवारीहरु तोक्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो ।

राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर पालिका, वडा र  प्रदेश अधिवेशन र निर्वाचन निर्देशिका पनि तय गर्ने काम गरिएको श्रेष्ठले बताउनुभएको छ । यससँगै प्रतिगमनप्रति सचेत हुँदै अहिलेकेाे विशेष परिस्थितिमा  विज्ञान प्रविधिकाे अधिकतम प्रयाेग, साधन, श्रोत र विधिको पनि प्रयोग गर्न सिंगो पार्टी कमिटीमा निर्देशन गरिएको पनि उहाँले बताउनुभएको छ ।

यसका साथै पार्टीलाई विधिसंगत ढंग एवम् क्रान्तिकारी शक्तिहरुलाई एकीकृत गर्दै अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको श्रेष्ठले बताउनुभएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक हिजो र आज बसेको हो ।

तपाईको प्रतिक्रिया