एमालेले निर्वाचन आयोगमा पठायो केन्द्रीय कमिटीको नयाँ विवरण

  भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : निर्वाचन आयोगमा नेकपा एमालेले केन्द्रीय सदस्यको नयाँ विवरण पठाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा एमालेले नयाँ केन्द्रीय सदस्यको विवरण पठाएको जानकारी दिनुभयो ।

उहाँको अनुसार दुई सय ६० नयाँ नामसहित केन्द्रीय पदाधिकारीको विवरण अद्यावधिक गरिदिन भन्दै एमालेले आयोगलाई पत्र पठाएको हो । यसअघि एमालेमा २०३ सदस्यीय केन्द्रीय कमिटी थियो ।

तपाईको प्रतिक्रिया