काठमाडौँ उपत्यकामा ११ हजार ५६ सकृय सङ्क्रमित, बुधबार मात्रै ९४६ सङ्क्रमण पुष्टि

  साउन २८, २०७८

काठमाडाैं, साउन २७ : काठमाडौँ उपत्यकामा आज ९४६ मा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ सङ्क्रमित थपिएका हुन् । उपत्यकामा मात्रै ११ हजार ५६ जना सकृय सङ्क्रमित रहेका छन् ।

काठमाडौँमा सात हजार ८१३, ललितपुरमा एकहजार ८८३ र भक्तपुरमा एकहजार ३६० जना सकृय सङ्क्रमित रहेका छन् । यस्तै, काठमाडौँमा एकहजार ९९५, ललितपुरमा ६१३ र भक्तपुरमा ३९७ जना काेराेना भाइरसका कारणले मृत्यु भएका छन् ।

तपाईको प्रतिक्रिया