इजरायली सेनाद्वारा हमासलाई लक्षित गरी हवाई आक्रमण

  साउन २३, २०७८

काठमाडौं, साउन २३ : इजरायलका सेनाले गाजा क्षेत्रमा हमासलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । इजरायली रक्षा संयन्त्रले प्यालेष्टाइन क्षेत्रबाट आगोको डल्ला फालिएपछि हमासलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ ।

आक्रमणमा भएको क्षतिको बिवरण आइसकेको छैन् । एएनआइका अनुसार संयन्त्रले गाजा क्षेत्रबाट निरन्तर आक्रमण बढेपछि प्रतिरक्षामा हमासको सैन्य कम्पाउण्ड र रकेट प्रहार गर्ने स्थललाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ । उक्त क्षेत्र घनाबस्ती भएको क्षेत्र हो ।

इजरायली रक्षा संयन्त्रले घनाबस्तीबाट आक्रमण गरेर हमासले कसरी सर्वसाधारणलाई जोखिममा पारेको सबाल गरेको छ । गाजा क्षेत्रबाट हुने आतङ्ककारी आक्रमणको इजरायलले जवाफ फर्काउने संयन्त्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया