कोरोना निको हुने दर ९३.७ प्रतिशत

  साउन २३, २०७८

काठमाडौँ, साउन २३ : शुक्रबार तीन हजार ७२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ६७५ मा गरिएको परीक्षणमा तीन हजार ७२९ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमित सङ्ख्या सात लाख ७७ हजार ५८९ पुगेको छ भने सक्रिय सङ्क्रमित सङ्ख्या ३४ हजार ९४२ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा ७०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा एक हजार ८८५ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ६५ हजार ५४८ पुगेको छ । नेपालमा निको हुने दर ९३.७ प्रतिशत छ । यस्तै गत २४ घण्टामा कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणका कारण १० हजार १९ जनाको मृत्यु भइसकेको छ । 

तपाईको प्रतिक्रिया