काठमाडौँ उपत्यकामा एक हजार २७९ जनामा सङ्क्रमण पुष्टि

  साउन २०, २०७८

काठमाडाै, साउन २० : काठमाडौँ उपत्यकामा एकहजार २७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार ९७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५४ आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

चार हजार ९४४ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार १३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५३५ जना कोरोना संक्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९९७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया