कान्धारमा संघर्ष, १५ सर्वसाधारणको मृत्यु, १२० घाइते

  साउन १९, २०७८

काठमाडौं, साउन १९ : अफगानिस्तानको कान्धारमा सुरक्षाकर्मी र तालिबान बिद्रोहीबीचको संघर्षमा कम्तिमा १५ सर्वसाधारणको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघले कान्धार र लक्सरगाहमा गएको तीन दिन यता सुरक्षाकर्मी र तालिबानबीच भएको भिडन्त सर्वसाधारण मारिएको जनाएको छ ।

एकपछि अर्को ट्वीट गर्दै अफगानिस्तानमा रहेको संयुक्त राष्ट्र संघको मिसन(उनामा)ले भिडन्तले हजारौं सर्वसाधारण बिस्थापित भएको जनाएको छ । लश्करगाहमा मात्रै दश सर्वसाधारणको मृत्यु र ८५ घाइते भएको तथा कान्धारमा पाँच जनाको मृत्यु र ४२ घाइते भएको उनामाले आफ्नो ट्वीटमा साझा गरेको छ ।

तपाईको प्रतिक्रिया