काठमाडौं, साउन १७ : भारतमा सन् २०१७ देखि २०१९ भित्र परीक्षामा असफल हुँदा १४ देखि १८ वर्ष उमेर समूहका कम्तिमा चार हजार बालबालिकाले आत्महत्या गरेको खुलेको छ । भारत सरकारको राष्ट्रिय अपराध तथ्याङ्क ब्यूरोले उक्त तथ्याङ्क सार्बजनिक गरेको हो ।
तथ्याङ्क बमोजिम दुई वर्षमा २४ हजार ५६८ ले आत्महत्या गरेकोमा चार हजारभन्दा बढी परीक्षामा असफल भएकै कारणले आत्महत्या गरेको दाबी गरिएको छ । आत्महत्याका २४ हजार ५६८ मध्ये १३ हजार ३२५ केटी छन् । आत्महत्या गर्नेमा सबैभन्दा बढी मध्य प्रदेशका छन् । त्यसपछि, पश्चिम बंगाल, महाराष्ट्र र तामीलनाडूमा आत्महत्याका घटना बढी भएका छन् ।






