सिन्धुपाल्चोक, साउन १७ : हेलम्बुको भे्रमाथाङ लेकाली जमीन भासिएर आएको माटोढुंगा मेलम्ची खोलाको नाकोतेमा थुनिएर आएको भीषण बाढीले हेलम्बुको १७ घर सहित चनौटे बजारस्थित रातोपुल बगाएको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुको भे्रमाथाङ क्षेत्रमा गएको तीन दिनदेखि बर्षा भएको थिएन् तर पनि भे्रमाथाङमा जमीन भासिएर मेलम्ची नदी थुनिए पछि हिजो रातीबाट भीषण बाढी आएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले दिनुभएको जानकारी अनुसार शनिबार रातीदेखि आएको मेलम्ची खोलाको बाढीले रातोपुल बगाउनुको साथै हेलम्बु गाउँपालिका ४ ग्याल्थुम जोडने् झोलुङ्गे पुल पनि बगाएको छ । ग्याल्थुम बजारका ४० घर उच्च जोखिममा छ । रेडियो मेलम्चीको भवन पनि बगाएको छ । बाढी आएको समयमा नै जानकारी पाएका कारण मानवीय क्षति भने भएन ।
हेलम्ब र पाँचपोखरी थाङपाल गाउँपालिकाको लाइफलाइन मानिने हेलम्बु जोडने् ६ वटा सडक, मेलम्ची जोडन्े दुई वटा सडक, पाँचपोखरी थाङपाल जोडने् एक वटा सडक बाढीले बगाएको छ । पुल बगाएपछि हेलम्बु र पाँचपोखरी गाउँपालिका पूर्ण रुपमा सम्बन्ध टुटेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । हेलम्बुको शेर्माथान, मेलम्चीघ्याङ, तार्केघ्याङ, किउलसंग सडक सम्बन्ध टुटेको छ । बाढीले चनौटे, गणेशबगर, ग्याल्थुम र मेलम्चीका जमिन कटान गर्न थालेको छ ।
असार १ गते आएको बाढीले उक्त पुल र घरहरुलाई उच्च जोखिम बनाएको थियो । हेलम्बुको किउल, चनौटे, मेलम्चीका घरहरु बाढीले बगाएका छन् । असार १ गते आएको सोही बाढीले पाँच जनाको मृत्यु भएको थियो भने अझै २० जना बेपत्ता भएका छन् । बाढी आएको खबर पाएसंगै तल्लो तटीय क्षेत्रका स्थानीयहरु सुरक्षित स्थानमा गएर बसेका थिए । जिल्ला प्रहरी कार्यालयले मेलम्ची क्षेत्रमा बाढी आएको सूचना दिने साइरन घण्टी राखिदिएको थियो ।






