काठमाडौं, साउन १३ : प्रधानमनत्री शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री हुनु भएकोमा चीनका प्रधानमन्त्री लि खछ्याङले वधाई सन्देश पठाउनुभएको छ । वधाई सन्देशमा उहाँले आफू नेपाली समकक्षीसँग दुई देशबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पु-याउन एकसाथ काम गर्न इच्छुक रहेको बताउनुभएको नेपालस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।






