गण्डकी प्रदेश प्रमुख गुरुङ र लुम्बिनी प्रदेश प्रमुख शेरचनले गर्नुभयाे सपथग्रहण

  साउन १३, २०७८

काठमाडाैं, साउन १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई सपथग्रहण गराउनुभएकाे छ । बुधबार यहाँस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच उहाँहरूलाई सपथग्रहण गराउनुभएकाे हाे ।

साे सपथग्रहण समारोहमा उपराष्ट्र नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाकाे उपस्थिति रहेकाे थियाे । 

तपाईको प्रतिक्रिया