काठमाडौं, साउन १३ : काठमाडौं महानगरपालिकाभित्र पून: भेरोसेल खोप कार्यक्रम सुचारु हुँने भएको छ । काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई खोप दिन लागेको बताएको हो ।
महानगरले आज एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्रअनुसार भोली १४ गते खोप कार्यक्रम सञ्चालन हुँने बताएको हो । खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा आउन सकिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।







