यूरोपका ५७ प्रतिशत वयश्कले पूर्ण खोप लगाए

  साउन १२, २०७८

काठमाडौं, साउन १२ : यूरोपेली संघमा आबद्ध २७ राष्ट्रका ७० प्रतिशत वयश्कले कोभिड १९ बिरुद्धको खोपको पहिलो डोज लगाएका छन् । १८ वर्षभन्दा बढी उमेरका ५७ प्रतिशत वयश्कले कोभिड १९ बिरुद्धको पूर्ण खोप लगाएका छन् ।

यूरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयेनले यूरोपमा खोप अभियानबारे जानकारीसहित वक्तब्य साझा गर्नुहुँदै खोप प्रयासलाई अझै उकास्नुपर्ने बताउनुभएको छ । यूरोपेली संघले ग्रीष्म अन्त्यसम्म कम्तिमा ७० प्रतिशत वयश्कले खोप लगाइसक्नुपर्ने लक्ष्य राखेको थियो । संघकी प्रमुख लेयेनले जुलाई १० सम्म संघका सबै राष्ट्रमा उक्त लक्ष्य प्राप्त गर्न आवश्यक खोप पर्याप्त मात्रामा आपूर्ति भइसकेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया