काठमाडौं, साउन १२ : रुसमा गएको चौबीस घण्टामा २३ हजार ३२ जना सङ्क्रमित थपिएका छन् । सोमबार चौबीस घण्टामा भने २३ हजार २३९ जना सङ्क्रमित थपिएका थिए ।
रुसको सङ्घीय प्रतिकार्य केन्द्रका अनुसार थपिएका सङ्क्रमितसँगै रुसमा कोभिड १९ का कुल सङ्क्रमित ६१ लाख ७२ हजार ८१२ पुगेको छ । थपिएका सङ्क्रमितमध्ये दुई हजार १२९ जनामा लक्षण देखिएको छैन । राजधानी मस्कोमा मात्रै दुई हजार ६२३ जना सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमित पुष्टि भएको क्षेत्रहरुमध्ये सेन्ट पिटर्सबर्गमा दोस्रो सबैभन्दा बढी एक हजार ९२३ जना छन् ।
गएको चौबीस घण्टामा २० हजार ११६ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । गएको चौबीस घण्टामा रुसमा कम्तीमा ७७९ जनाको मृत्यु भएको छ । हालसम्म रुसमा कोरोना सङ्क्रमणबाट एक लाख ५५ हजार ३८० जनाको मृत्यु भएको छ ।






