काठमाडौं, साउन १२ : भारतमा गएको चौबीस घण्टामा २९ हजार ६८९ जना कोभिड १९ का सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा ४२ हजार ३६३ जना सङ्क्रमित निको भएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हाल तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ । हालसम्म तीन करोड छ लाख २१ हजार ४६९ जना सङ्क्रमित निको भएका छन् ।
गएको चौबीस घण्टामा भारतमा कोरोनाभाइरसको सङ्क्रमणले ४१५ जनाको मृत्यु भएको छ । हालसम्म चार लाख २१ हजार ३८२ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म ४४ करोड १९ लाख १२ हजार ३९५ डोज खोप लगाइएको छ ।






