काठमाडौँ उपत्यकामा ९९९ संक्रमित, आजसम्म दुई हजार ९१६ काे मृत्यु

  साउन १२, २०७८

काठमाडाै, साउन ११ : काठमाडौँ उपत्यकामा ९९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना रहेको मन्त्रालयले जनाएको छ । काठमाडौँमा जिल्लामा पाँच हजार ९१०, ललितपुरमा एकहजार १६३ र भक्तपुरमा ९३६ जना सकृय सङ्क्रमण रहेकाे छ ।

तीनवटै जिल्लामा गरी उपत्यकामा अहिलेसम्म दुई लाख ७८ हजार ४१ जना सङ्क्रमित भैसकेका छन् । उपत्यकामा दुई लाख ६७ हाजर ११६ जना काेराेना भाइरस सङ्क्रमणमुक्त भएका छन् । नेपाल सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने दर १.४३ प्रतिशत रहेकोमा उपत्यकामा मात्रै दुई हजार ९१६ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ । 

तपाईको प्रतिक्रिया