रुसमा २३ हजार २३९ सङ्क्रमितको पुष्टि

  साउन १२, २०७८

काठमाडौं, साउन ११ : रुसमा गएको चौबीस घण्टामा २३ हजार २३९ जना सङ्क्रमित थपिएका छन् । आइतबार २४ हजार ७२ जना सङ्क्रमित थपिएको थियो ।

संघीय प्रतिकार्य केन्द्रका अनुसार थपिएका सङ्क्रमितसँगै रुसमा कोरोनाका कुल सङ्क्रमित ६१ लाख ४९ हजार ७८० पुगेको छ । थपिएका सङ्क्रमित रुसको ८४ विभिन्न क्षेत्रका हुन । दुई हजार १३७ जनामा कुनै लक्षण देखिएको छैन् ।

राजधानी मस्कोमा सबैभन्दा बढी दुई हजार ६२९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । अघिल्लो दिन मस्कोमा तीन हजार ४०६ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

गएको चौबीस घण्टामा कोभिड १९ सँग सम्बन्धित ७२७ जनाको मृत्यु भएको छ । हालसम्म रुसमा कोरोना सङ्क्रमणबाट एक लाख ५४ हजार ६०१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया