‘काफल पाक्यो’ गीत सार्वजनिक

  साउन ०९, २०७८

काठमाडौं, साउन ९ : कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङ गीतमा दिनेश ‘काजी’ बान्तवाले संगीत दिनुभएकाे छ । 

दिनेश बान्तवा र राजन मुकारुङ जोडीको सहकार्य रहेको ‘हुरुक्कै भएँ म’ यसअघि नै गीत चर्चामा रहेकाे थियाे । कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको ‘लाइभ भिडियो’ रीमा फिल्मस्को स्टुडियोमा छायाङ्कन गरिएको हो ।

कुसुमलाई कोरसमा गायिकाद्वय सविना योङहाङ र सुनिता संयकले साथ दिनुभएकाे छ । भिडियो मिराज अर्यालले तयार पार्नुभएकाे हाे ।

तपाईको प्रतिक्रिया