अमेरिकी वरिष्ठ कुटनीतिज्ञले चीन भ्रमण गर्दै

  साउन ०८, २०७८

काठमाडौं, साउन ७ : अमेरिकी उपसचिब वेन्डी शेरमन यसै साताको अन्त्यमा चीन भ्रमण गर्नुहुने भएको छ । वाशिंगटन र बेइजिङ्गबीचको सम्बन्ध तनाबपूर्ण रहँदा विवादित मुद्दाहरुमा छलफल गर्न उहाँ बेइजिङ्ग भ्रमण गर्नुहुने अमेरिकी ‘स्टेट डिपार्टमेन्ट’ले जनाएको छ ।

शेरमनले चीन भ्रमणको क्रममा विदेश मन्त्री वाङ्ग यीलाई भेटनुहुनेछ । उत्तरपूर्बी चीनको तियाञ्जिन राज्यमा दुबै जनाबीच आइतबार भेटघाट हुने अमेरिकी स्टेट डिपार्टमेन्टका अधिकारीलाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ । शरमनले चीनको भ्रमणपछि जापान, दक्षिण कोरिया र मंगोलिया समेत पुग्नुहुनेछ । एशिया भ्रमणको अन्त्यमा उहाँले ओमान हुँदै अमेरिका प्रस्थान गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया