इराकमा आत्मघाती आक्रमणमा कम्तिमा ३५ जनाको मृत्यु

  साउन ०६, २०७८

काठमाडौं, साउन ५ : इराकको राजधानी बगदाद नजिकको एक बजारमा बम विष्फोटमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । रोयटर्सका अनुसार बगदाद नजिकको सद्र शहरमा आत्मघाती विष्फोट भएको हो ।

इद ऊल अजहा पर्वको पूर्बसन्ध्यामा ब्यस्त बजारमा उक्त विष्फोट भएको जनाइएको छ । विष्फोटमा कम्तिमा ६० जना घाईते भएका छन् । विष्फोटमा मृत्यु हुने महिला तथा बालबालिका समेत छन् । विष्फोटपछि नजिकका पसलमा आगलागि भएको थियो ।

तपाईको प्रतिक्रिया