रुसमा सङ्क्रमित हुने ६० लाख नाघ्यो

  साउन ०६, २०७८

काठमाडौं, साउन ५ : रुसमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने ६० लाख नाघेको छ । गएको चौबीस घण्टामा रुसमा २३ हजार ७७० जना सङ्क्रमित थपिएका छन् ।

रुसको कोरोना प्रतिकार्य केन्द्रका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै रुसमा कोरोनाका कुल सङ्क्रमित ६० लाख छ हजार ५३६ पुगेको छ ।

गएको चौबीस घण्टामा ७८४ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट रुसमा एक लाख ४९ हजार ९२२ जना सङ्क्रमितको मृत्यु भएको हो ।

गएको चौबीस घण्टामा २२ हजार २१८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म ५३ लाख ८२ हजार २१३ जना सङ्क्रमित निको भएका छन् ।

मस्कोमा मात्रै गएको चौबीस घण्टामा तीन हजार १८८ जना सङ्क्रमितको पुष्टि भएको छ । हालसम्म मस्कोमा १४ लाख ७० हजार ३३० जना सङ्क्रमित भएका हुन । रुसमा हालसम्म १६ करोड नमूना परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया