अफगानिस्तानले कुटनीतिज्ञलाई फिर्ता बोलायो, पाकिस्तानद्वारा आलोचना

  साउन ०६, २०७८

काठमाडौं, साउन ५ : अफगानिस्तानले पाकिस्तानका लागि आफ्नो राजदूत र अन्य कुटनीतिज्ञलाई फित्र्ता बोलाएको छ । पाकिस्तानमा अफगानिस्तानी राजदूतको छोरीको अपहरण र कुटपीट घटनापछि अफगानिस्तानले शान्ती सुरक्षाको कारण देखाउँदै कुटनीतिज्ञलाई फित्र्ता बोलाएको हो ।

अफगानिस्तान सरकारको उक्त निर्णयको पाकिस्तानको बिदेश मन्त्रालयले आलोचना गरेको छ । राजदूतलाई सुरक्षा प्रत्याभूति गर्दागर्दै स्वदेश फित्र्ता बोलाइनु दुर्भाग्यपूर्ण रहेको पाकिस्तानले जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले अफगान सरकारको उक्त निर्णयमाथि पुर्नविचार गर्न आग्रह गरेको छ ।

गत् शनिबार पाकिस्तानमा रहनुभएका अफगानिस्तानका राजदूतको २० वर्षीया छोरीलाई अज्ञात समूहले बन्धक बनाएर कुटपीट गरेको थियो ।घटनापछि आइतबार अफगान राष्ट्रपति असरफ घानीले पाकिस्तानबाट राजदूतसहित वरिष्ठ कुटनीतिज्ञलाई फित्र्ता बोलाउन विदेश मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया