काठमाडौं, साउन ५ : पाकिस्तानको बलूचिस्तान प्रान्तमा बाढीको प्रकोपले २१ जनाले ज्यान गुमाएका छन् । बलूचिस्तान सरकारका प्रवक्ता लियाकत शाहवानीले बाढीले २१ जनाको ज्यान गएको बताउनुभएको हो ।
समाचार संस्था एएनआईका अनुसार बाढीको प्रकोपमा अन्य १८ जना घाइते भएका छन् । १८ वटा घर भत्किएको छ । अन्य घरमा आशिंक क्षति भएको छ ।
बलूचिस्तानको केचमा ११ जना यात्रु बोकेको बस बाढीले बगाएको जनाइएको छ । बसमा सबार अधिकांश महिला तथा बालबालिका रहेका थिए । उद्धारकत्र्ताले दुईजनाको शव बरामद गरेको छ ।






