काठमाडौं, साउन ५ : भारतमा गएको चौबीस घण्टामा कोरोनाभाइरसका ३० हजार ९३ जना सङ्क्रमित थपिएका छन् । हाल भारतमा चार लाख छ हजार १३० जना सङ्क्रमित सक्रिय अवस्थामा छन् ।
भारतीय सञ्चार संस्था एएनआईका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड ११ लाख ७४ हजार ३२२ पुगेको छ ।
गएको चौबीस घण्टामा ४५ शजार २५४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म भारतमा तीन करोड तीन लाख ५३ हजार ७१० सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।
गएको चौबीस घण्टामा ३७४ जना सङ्क्रमितको ज्यान गएको छ । हालसम्म चार लाख १४ हजार ४८२ स्ङ्क्रमितले ज्यान गुमाएका छन् ।






