काठमाडौं, साउन ५ : अफगानिस्तानका सेना प्रमुख मोहम्मद अहमदजैले आगामी साता भारत भ्रमण गर्नूहुने भएको छ । भ्रमणको क्रममा उहाँले उच्च राजनीतिक भेटघाट र भारतीय सेनाका शीर्षस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नुहुनेछ ।
समाचार संस्था एएनआईका अनुसार जुलाई २७ मा उहाँ भारत पुग्नुहुनेछ । अफगानिस्तानमा तालिबान लडाकूको आक्रमणको घटनामा उल्लेख्य बृद्धि भइरहँदा सेना प्रमुखको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।






