काठमाडौं, साउन ४ : भारतको राजधानी नयाँ दिल्लीमा गएको चौबीस घण्टामा ३६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । सोही अबधिमा ५८ जना कोरोनामुक्त भएका छन् । इकोनोमिक टाइम्सको अनलाइन संस्करणका अनुसार दिल्लीमा हाल ५६७ जना कोभिड १९ का सक्रिय सङ्क्रमित छन् ।
हालसम्म नयाँ दिल्लीमा १४ लाख नौ हजार ९६८ जना सङ्क्रमणमुक्त भएका छन् । दिल्लीमा मात्रै गएको चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दिल्लीमा कोभिड १९ को सङ्क्रमणबाट २५ हजार ३० जनाले ज्यान गुमाएका छन् ।






