पाकिस्तानमा दुई हजार ६ सय नयाँ सङ्क्रमित फेला परे

  साउन ०३, २०७८

काठमाडौं, साउन ३ : पाकिस्तानमा गएको चौबीस घण्टामा दुई हजार ६०७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा प्रति एक सय नमूना परीक्षण गर्दा ५.३४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । शनिबार ४८ हजार ८१६ नमूना परीक्षण गरिएको थियो ।

पाकिस्तानको जियो समाचारका अनुसार शनिबार २१ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाभाइरस सङ्क्रमित बढेपछि सिन्ध सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उक्त प्रान्तमा कोरोनाको चौथो तरङ्ग आउने सम्भाबना बढेको छ ।

तपाईको प्रतिक्रिया