काठमाडौं, साउन ३ : नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । त्यस्तै, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेका दललाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । बैठकले आफ्ना दलका सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको पनि सचेतक भुषालले बताउनुभयो ।
सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनस्र्थापनाको कदमलाई काँग्रेसले स्वागत गर्ने निर्णय गरेको छ । त्यस्तै संविाधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्च अदालतले गरेको परमादेशको स्वागत गर्दै संविधानको रक्षा गरेको ठहर काँग्रेसले गरेको सचेतक भुषालले बताउनुभयो ।
प्रधानमन्त्री देउवालाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्दै यादव पक्ष, एमाले माधवकुमार नेपाल पक्ष, जनमोर्चा नेपालले विश्वासको मत दिने निर्णय गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक आज ४ बजे बस्दैछ ।






