काठमाडौं, साउन २ : अफगानिस्तानमा हिंसात्मक गतिबिधिलाई तीब्र पारेको तालिबान बिद्रोही पुनः वार्तामा आएको छ । कतारको दोहामा अफगानिस्तानको सरकारी वार्ता टोलि र तालिबानका प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।
टोलो न्यूजका अनुसार वार्ता सुरु हुन लाग्दा सरकारले गठन गरेको उच्च स्तरीय वार्ता टोलिका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले शान्तीका लागि दुबै पक्ष लचिलो हुनुपर्ने प्रतिक्रिया दिनुभयो । अफगानिस्तानले शान्ती प्रकृयाका लागि विश्वको सहयोग चाहेको बताउनुहुँदै उहाँले पुर्ननिर्माणमा समेत विश्व समुदायको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।






