मृतावस्थामा फेला परे साधु

  साउन ०२, २०७८

कञ्चनपुर, साउन २ : बेदकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र लिङ्गामा बस्दै आएका अन्दाजी ७५ वर्षीय साधु किसन नाथ आज मृतावस्थामा फेला परेका छन् । साधु मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन् ।

मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । “मृतकको शरीरको बाह्य क्षेत्रमा कुनै किसिमको चोटपटक लागेको छैन”, उहाँले भन्नुभयो, “हिजो बिरामी भएर उपचारका लागि गएको भन्ने बुझिएको छ । बिरामी परेर वा अन्य के कारणले मृत्यु भएको हो, त्यसबारे अनुसन्धान भइरहेको छ ।” साधु गिरी लिङ्गा क्षेत्रमा विगत चार वर्षदेखि बस्दै आएको बताइएको छ । 

तपाईको प्रतिक्रिया