नेकपा (माओवादी केन्द्र)ले बोलायो आइतबार संसदीय दलको बैठक

  साउन ०२, २०७८

काठमाडौं, साउन २ : नेकपा (माओवादी केन्द्र)ले आइतबार संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भोलि बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको जानकारी दिनुभयो ।

प्रमुख सचेतक गुरुङका अनुसार बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिएको छ । बैठकमा समसामयीक राजनीतिक अवस्थाका लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो । पुनस्र्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गतेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो ।राष्ट्रिय सभाको अधिवेशन असार २८ गते अन्त्य गरिएको थियो ।

तपाईको प्रतिक्रिया