सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश

  असार ३१, २०७८

काठमाडौँ, असार ३१ : सरकारले आगामी साउन ३ गते सङ्घीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे बैठक बोलाउन सिफारिश गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहनु भएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने सम्बन्धमा राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले यही असार २८ गते गरेको फैसलाअनुसार सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने उल्लेख छ । सर्वोच्चको परमादेशका आधारमा शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार गठन भएसँगै संसद् बैठक बोलाउन लागिएको हो ।

तपाईको प्रतिक्रिया