अर्जेन्टिनामा २० हजार कोरोना सङ्क्रमित थपिए

  असार ३१, २०७८

काठमाडौं, असार ३० : अर्जेन्टिनामा कोरोनाभाइरसका २० हजार २३ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित ४६ लाख ८२ हजार ९६० पुगेको छ ।

अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ३८७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म अर्जेन्टिनामा कोरोना सङ्क्रमणबाट ९९ हजार ६४० ले ज्यान गुमाएका छन् । हाल पाँच हजार १९९ जना सघन उपचार कक्षमा उपचारार्थ रहेका छन् ।

तपाईको प्रतिक्रिया