भारतले कान्दहारबाट अधिकारीहरु फिर्ता बोलायाे

  असार २८, २०७८

काठमाडौं, असार २७ : भारतले अफगानिस्तानको कान्दहारमा रहेको आफ्नो वाणिज्य दूतावासबाट अधिकारीहरु फिर्ता बोलाएको छ । दक्षिणी अफगानिस्तानको एक प्रमुख शहर कान्दहारमा रहेको वाणिज्य दूताबासबाट कर्मचारी फिर्ता बोलाइएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार कान्दहार शहर नजिकको अवस्था तनावग्रस्त भएपछि अधिकारी फिर्ता बोलाइएको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताउनुभएको छ । विदेश मन्त्रालयका प्रवक्ता बाग्चीले वाणिज्य दूतावास तात्कालका लागि स्थानीय कर्मचारीले चलाउने जानकारी दिनुभयो ।

भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकरले अफगानिस्तानमा जारी हिंसाले क्षेत्रीय सुरक्षामा प्रत्यक्ष असर पर्ने हुनाले हिंसा न्यूनीकरण गर्न जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया