तालिबानले इरानसँग जोडिएको सीमा नियन्त्रणमा लियो

  असार २५, २०७८

काठमाडौं, असार २५ : तालिबानले इरानसँग जोडिएको अफगानिस्तान सीमा क्षेत्र नियन्त्रणमा लिएको छ । बीबीसीका अनुसार अफगान अधिकारीहरुले तालिबानले सीमा क्षेत्रका सरकारी कार्यालयहरु नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

समाजिक सञ्जालमा साझा गरिएको एक भिडियोमा तालिबान समूहले भन्सार कार्यालयको छतबाट अफगानिस्तानको झण्डा हटाएको देखिएको छ । इरानसँग जोडिएको अफगानिस्तानको ‘द इस्लाम कला’ सीमा सबैभन्दा महत्वपूर्ण र बढी कारोबार हुनेमध्येको सीमा नाका हो ।

उक्त सीमाबाट अफगानिस्तान सरकारले मासिक बीस करोड डलर राजस्व सङ्कलन गर्दै आएको छ । तालिबान अधिकारीहरुले भने अफगानिस्तानको ८५ प्रतिशत भूभागमा कब्जा गरेको दाबी गरेका छन् । अर्को एक अनुमान बमोजिम अफगानिस्तानका चार सय जिल्लामध्ये तालिबानले एक तिहाइमाथि नियन्त्रण पाएको छ ।

तपाईको प्रतिक्रिया