भारतमा ४५ हजार ८९२ सङ्क्रमित थपिए

  असार २४, २०७८

काठमाडौं, असार २४ : भारतमा कोरोनभाइरसका ४५ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा १८ लाख ९३ हजार ८०० नमुना परीक्षण गरिएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ४५ हजार ८९२ सङ्क्रमित थपिएका हुन । यसअघि बुधबार मात्र ४३ हजार ७३३ सङ्क्रमित थपिएका थिए । हाल चार लाख ६० हजार ७०४ जना सक्रिय सङ्क्रमित छन् ।

समाचार संस्था एएनआईका अनुसार गएको चौबीस घण्टामा ४४ हजार २९१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ९८ लाख ४३ हजार ८२५ सङ्क्रमित निको भएका छन् । बिहीबार चौबीस घण्टामा ८१७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोनाभाइरसबाट भारतमा ज्यान गुमाउनेको सङ्रख्या चार लाख पाँच हजार २८ पुगेको छ । भारतमा हालसम्म ३६ करोड ४८ लाख डोज कोभिड १९ विरुद्धको खोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया