काठमाडौं, असार २२ : भारतमा गएको २४ घण्टामा कोभिड १९ का ३४ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् । गएको २४ घण्टामा १६ लाख ४७ हजार ४२४ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३४ लाख ७०३ मा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल चार लाख ६४ हजार ३५७ जना सक्रिय सङ्क्रमित छन् । भारतमा गएको चौबीस घण्टामा दत्र्ता गरिएको सङ्क्रमितको सङ्ख्या १०१ दिन यताकै सबैभन्दा कम हो ।
गएको २४ घण्टामा ५१ हजार ८६४ सङ्क्रमित निको भएका छन् । हालसम्म दुई करोड ९७ लाख ५२ हजार २९४ जना सङ्क्रमित निको भएका हुन् । गएको चौबीस घण्टामा ५५३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा मृत्यु हुनेको सङ्ख्या चार लाख तीन हजार २८१ पुगेको छ । हालसम्म भारतमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या ३५ करोड ७५ लाख पुगेको छ ।






