काठमाडाैं, असार २१ : काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा ५६२ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साे सङ्ख्यामा उपत्यकामा सङ्क्रमण पुष्टि भएको हाे ।
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् । यस्तै, मन्त्रालयकाे अनुसार उपत्यकाका तीनजिल्लासहित १२ वटा जिल्लाहरूमा पाँचसयभन्दा बढी सङ्क्रमित रहेका छन् ।






