‘एकैसाथ यो झरीमा’ सार्वजनिक

  असार २१, २०७८

काठमाडौ, असार २१ : नेपाली तारा सिजन ३ बाट चर्चामा आएका गायक बिनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चामा आएकी गायिका ससिका राईको नयाँ गीत रिलिज भएको छ ।

सो गीतमा इन्दु तामाङको शब्द रहेको छ भने नेपाली तारा सिजन ३ का फस्ट रनरअप चर्चित गायक देबेश राईको संगीत, एरेञ्ज र मिक्सिङ मास्टर रहेको छ । ‘एकैसाथ यो झरीमा’ गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई र अञ्जना बराइलीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया