प्रधानमन्त्री ओली भोलि ५ बजे चीनका राष्ट्रपतिसँग भर्चुवल बैठकमा सहभागी हुनुहुने

  असार २१, २०७८

काठमाडौं, असार २१ : प्रधानमन्त्री केपी शर्मा ओली  चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भोलि मगलबार अपरान्ह भर्चुवल बैठकमा सहभागी हुनुहुने कार्यक्रम तय भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को एक सय वर्षगाँठ पुगेको अवसरमा हुन गइरहेको छलफलमा नेपालबाट प्रधानमन्त्री ओलीको सहभागिता रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

चीनका राष्टपति जिनपिङले दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुखहरुसँग भोलि अपरान्ह ५ बजेतिर छलफल गर्न लाग्नुभएको बताइएको छ । प्रधानमन्त्री ओलीको सहभागिताका लागि राष्ट्रपति जिनपिङको तर्फबाट औपचारिक पत्र प्राप्त भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । नेपालबाट अरु को–को नेता सहभागी हुनेबारे जानकारी नभएको पनि उहाँले बताउनुभयो ।

भर्चुवल बैठकमा कोभिड महामारी नियन्त्रणको प्रयास, समन्वय र सहकार्य, चीनियाँ कम्युनिष्ट पार्टीको एक शताब्दी पार भएको अवसरमा सो पार्टीको अनुभव, चीनले गरेको प्रगति र अन्य देशसँगको सहकार्यका विषयमा समेत छलफल हुने विश्वास गरिएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले भर्चुवल बैठकमा सहभागी हुनुभई आफ्नो धारणा राख्नुहुने कार्यक्रम भएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठक अपरान्ह ५ बजे हुनेछ

तपाईको प्रतिक्रिया