पोप फ्रान्सिस अस्पताल भर्ना

  असार २०, २०७८

काठमाडौं, असार २० : क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिस अस्पताल भर्ना हुनुभएको छ । इटालीको रोमस्थित एक अस्पतालमा उहाँलाई शल्यक्रियाका लागि भर्ना गरिएको छ ।

ठूलो आन्द्रामा समस्या आएपछि उहाँलाई शल्यक्रियाका लागि रोमस्थित गेमेलि विश्वविद्यालयको अस्पतालमा भर्ना गरिएको भ्याटिकनका प्रवक्ता मट्टेओ ब्रुनीले बताउनुभयो ।

बीबीसीका अनुसार आइतबार बिहान ८४ वर्षीय पोपले सेन्ट पिटर्स स्क्वायरमा जमा भएका हजारौं श्रद्धालुलाई सम्बोधन गर्नुभएको थियो । सन् २०१३ मा उहाँ पोपको जिम्मेवारीमा चयन भएपछि पहिलो पटक अस्पताल भर्ना हुनुभएको छ ।

तपाईको प्रतिक्रिया