थप दुई हजार ३२८ मा संक्रमण, तीन हजार ६६ निको, १९ जनाको मृत्यु

  असार १९, २०७८

काठमाडौं, असार १९ : पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अबधिमा १० हजार १३३ जनाको परीक्षण गर्दा दुई हजार ३२८ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी सोही अबधिमा तीन हजार ६६ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४३ हजार ५८० जना र निको हुनेको सङ्ख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । सोही अबधिमा सङ्क्रमणबाट १९ जनाको मृत्युभएको छ । योसँग मृत्यु हुनेको सङ्ख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया