काठमाडौं, असार १७ : भारतमा कोरोनाभाइरसका ४८ हजार ७८६ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा ६१ ह्जार ५८८ जना कोरोनामुक्त भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित संख्या तीन करोड चार लाख ११ हजार ६३४ पुगेको छ । हालसम्म दुई करोड ९४ लाख ८८ हजार ९१८ जना कोरोनामुक्त भएका छन् ।
गएको चौबीस घण्टामा एक हजार पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ९९ हजार ४५९ पुगेको समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।
भारतमा हालसम्म ३३ करोड ५७ लाख १६ हजार १९ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । हाल भारतमा पाँच लाख २३ हजार २५७ सक्रिय सङ्क्रमित छन् ।






